
काठमाडौं । यतिबेला चलचित्र ‘महाजात्रा’को काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । ‘महाजात्रा’ चलचित्र ‘जात्रा’को शृंखला हो । यसलाई निर्देशन गरिरहनुभएको छ प्रदीप भट्टराईले । भट्टराईले नेपाली चलचित्र क्षेत्रलाई ‘शत्रु गते’, ‘जात्रै जात्रा’ र ‘महापुरुष’जस्ता सुपरहिट चलचित्र दिनुभएको छ । डेब्यु चलचित्र ‘जात्रा’बाटै आफूलाई प्रमाणित गर्नुभएका प्रदीपले दोस्रो चलचित्र ‘शत्रु गते’मार्फत् आफूलाई बक्स अफिसमा प्रमाणित गर्नुभयो भने तेस्रो चलचित्र ‘जात्रै जात्रा’मार्फत् हृयाट्रिक गर्नुभयो भने चौथो चलचित्र ‘महापुरुष’मार्फत् आफ्नो छविलाई अझ उचो बनाउनुभयो ।
चलचित्र ‘महाजात्रा’लाई लिएर पनि प्रदीप यतिबेला उत्साहित हुनुहुन्छ । प्रदीप आफ्नो सफलतालाई टिमको मेहनतको रूपमा वर्णन गर्नुहुन्छ । किनकी, स्क्रिप्ट लेखनकै क्रममा हुने छलफल र मिहिनेतले दर्शकलाई हलबाट खुशी बनाएर निकाल्न सकिएको उहाँको बुझाइ छ । ‘मैले चलचित्र दर्शकका लागि तयार गर्ने गरेको छु । त्यसैले, बजारमा यो चलिरहेको छ वा यस्तो डिमाण्ड छ भनेर काम गरिएको छैन । हाम्रो शैलीमै काम गर्ने गरेका छौं, दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को चलचित्रको बक्स अफिसमा व्यापार बढिरहेको छ’, निर्देशक भट्टराई भन्नुहुन्छ, ‘अहिले छायांकनमा हामी राम्रो चलचित्र बनाउन मिहिनेत गरिरहेका छौं । बाँकी तथ्यलाई ध्यान दिएका छैनौं ।’ जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिने चलचित्रमा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृंखला दर्शकको प्रिय बन्दै आएको छ । यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान गरिएको छ ।
कथा लेखनकै क्रममा ब्राण्ड बनेको ‘महाजात्रा’को भारतबाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गर्नुभएको छ । उहाँले अधिकांश देशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन गर्ने तयारी भएको बताउनुभयो । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ ।
चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ । म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलको निर्माण रहेको चलचित्रमा जितबहादुर रुवाली एसोसियट निर्देशक, आशिष अविरलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन र पुरुषोत्तम प्रधानको छायांकान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच