काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डल क्षेत्रमा फेरि विरोध प्रदर्शन सुरु गरेको छ ।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखराबाट रित्तो फर्किएकाे रास्वपाले शुक्रवार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरु प्लेकार्डसहित उपस्थित भएका थिए । उनीहरुले भ्रष्टाचार विरोधी नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीहरूले ८७ अर्ब खोइ देखि टीकापुर जग्गा सम्मको कुरा जस्ता उठाएर नारा लगाउँदै सहकारी पीडितलाई न्याय दिनुपर्ने बताएका थिए ।
माइतीघरमा भेला भएका रास्वपाका कार्यकर्ताहरू नयाँ बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका थिए ।
गत शुक्रबार काठमाडौंबाट पक्राउ पर्नुभएको लामिछाने हाल कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच