पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । जिल्लाको तानसेन नगरपालिका-८ गौडेस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आँउदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाईकल मंगलबार दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार तानसेन- ७ प्रभासकी २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो ।
मोटरसाइकल आफै अनियन्त्रीत भई खोलामा खस्न जाँदा थापा गम्भीर घाइते भएकी थिइन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाईकल चालक प्रभासका ४३ वर्षीय ईन्द्रबहादुर गाहा गम्भीर घाइते हुनुुभएको छ । उहाँको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच