काठमाडौं । जापानका १४ शहरमा चलचित्र ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा आउने भएको छ । नेपालको सिनेमाघरमा आएको तीन सातापछि जापानी डायस्पोरामा यो चलचित्र प्रदर्शन हुनेभएको हो । वितरण कम्पनी बीटीकेएस इन्टरटेनमेन्टले चन्द्र पन्त निर्देशित यो चलचित्र मंसिर २२ (७ डिसेम्बर)देखि त्यहाँ रिलिज हुने जनाएको हो ।
सो मितिमा चिबास्थित सिभिक हलमा चलचित्रको पहिलो प्रदर्शन हुनेछ । चिबासहित १४ जापानी शहरमा चलचित्र प्रदर्शन हुने जनाइएको छ । अन्य १३ शहरको प्रदर्शन मिति तय हुन बाँकी छ । चिबापछि टोक्यो, कानागावा, फुनाबासी, नारिता, अबिको, नागोया, फाकुओका, ओसाका, कोबे, क्योटो, निगाता, सिजुओका र ओकिनावामा चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
नेपालमा भने यो चलचित्र यही ३० कात्तिकदेखि सिनेमाघरमा आउँदै छ । यो मल्टिस्टारर चलचित्रमा नेपाल र भारतीय चलचित्रका हस्ती छन् । चलचित्रमा प्रदीप रावत, ब्रम्हनन्दम, अलिजस्ता भारतीय सिद्धहस्त कलाकार र रेखा थापा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकार छन् ।
चलचित्रको शीर्ष भूमिकामा नीता ढुंगाना र हरिहर अधिकारी हुनहुुन्छ । नीता फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रको निर्माण नीता ढुंगानाले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच