कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?