रुखबाट लडेर घाइते वृद्धको उपचारका क्रममा मृत्यु

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-१, बुढाथोकी टोलका ७२ वर्षीय छत्र बहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको छ ।

कार्की कार्तिक २० गते बिहान करिब १२:३० बजे आफ्नै बारीमा रहेको इपिलको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएका थिए । तत्कालै उनलाई नजिकैको स्थानीय मेडिकलमा प्रारम्भिक उपचार गराइयो । तर, स्वास्थ्य अवस्था गम्भीर देखिएपछि थप उपचारको लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा लगियो ।

नेशनल मेडिकल कलेजमा उपचारकै क्रममा अपराह्न ४:१५ बजे कार्कीको निधन भएको जानकारी जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले दिनुभएको छ ।

घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक सूर्य नारायण चौधरीको नेतृत्वमा एक टोली घटनास्थलमा पठाइएको थियो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?