काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनसँगै सुनको भाउ हृवात्तै घटेको छ । बिहीबार सुनको भाउ एकै दिन प्रतितोला चार हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला दुई हजार १५ रुपैयाँ रहेको चाँदी बिहीबार एक हजार नौ सय ६० रुपैयाँमा झरेको हो । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएका हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकै दिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार प्रतिऔंस दुई हजार सात सय ४५ अमेरिकी डलर रहेको सुन बिहीबार दुई हजार छ सय ५७ सम्म झरेको थियो । तर, पछि अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २६६०.११ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको थियो । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै सुन तथा कच्चा तेलको भाउमा एकैपटक उच्च गिरावट आएको छ ।
सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्लो समय सुनको मूल्य बढ्नुमा ब्रिक्स संगठनमा रहेका राष्ट्रले डलरप्रति गरेको अविश्वास सबैभन्दा प्रमुख कारण रहेको बताउनुभयो । विश्वकै ठूला अर्थतन्त्र भएका चीन, भारत, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायत देशले पछिल्लो समय डलरको विकल्प खोज्ने तयारीमा छन् । युक्रेन युद्धपछि रुसले डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्नै छाडेको छ । तर, ट्रम्प निर्वाचित हुनेबित्तिकै सुनको मूल्य घट्नुमा उहाँले लिएको नीतिको मनोविज्ञान प्रमुख कारण रहेको शाक्यको भनाइ छ । उहाँका अनुसार जो बाइडेन र डेमोक्रेटिक उम्मेदवारहरूले अन्तर्राष्ट्रिय राजनीतिमा मात्रै धेरै ध्यान दिने गरेको र अमेरिकाको आन्तरिक अर्थतन्त्र कमजोर हुँदै गएको अवस्थाबीच ट्रम्पको घोषणाले लगानीकर्तामा उत्साह आएको देखिन्छ । तर, ट्रम्पले आगामी दिनमा लिने नीतिले सुन बजारको भविष्य तय हुने पनि उहाँको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच