कार्यालयको नियम विपरीत काम गर्ने दुई कर्मचारीलाई सरुवा सिफारिस

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कार्यालयको नियम विपरीत काम गर्ने दुई कर्मचारीलाई कारवाही स्वरुप सरुवा सिफारिस गरेको छ ।

कार्यालयको हित र नियम विपरीत काम गर्ने घोराही उपमहानगरपालिका–११ त्रिपुर दाङ घर भई नगरपालिकामा कार्यरत अधिकृत सातौ रविकिरण आचार्य र खोटाङको खोटेहाङ गाउँपालिका घर भई नगरपालिकामा कार्यरत सहायक पाँचौ माधव आचार्यलाई सरुवा सिफारिस गरेको हो । रवि र माधव साविक जिल्ला विकास समिति खोटाङका कर्मचारी हुनु हाे ।

आचार्यद्धयलाई ३० जेठमा बसेको कार्यपालिकाको बैठकले कोशी प्रदेश सरकारको स्थानीय सेवा (गठन तथा संचालन) अध्यादेश–२०८०को परिच्छेद ४ दफा २५ को उपदफा ४ मा व्यवस्था भए बमोजिम अन्यत्र सरुवाका लागि ३१ बैशाखमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश विराटनगरलाई सिफारिस गरेको हो ।

उपदफा ४ मा (स्थानीय तहमा कार्यरत कर्मचारीलाई कुनै स्थानीय तहमा राखी, राख्न उपयुक्त नभएमा सम्बन्धित स्थानीय तहको कार्यपालिकाको सिफारिसमा मन्त्रालयले जुनसुकै बखत सरुवा गर्न सक्ने) व्यवस्था छ । नगरपालिकाले गरेको सिफारिसमा दुई कर्मचारीलाई तत्काल सरुवा गरिदिन आग्रह गरिएको छ ।

कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिफारिस पठाईएको हलेसी तुवाचुङ नगरपालिकाका कार्यालय प्रमुख कैलाश बहादुर ठकुराठीले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?