नवलपरासी । नवलपरासी जिल्लाको महेशपुर-परासी-सुनवल सडक स्तरोन्नतीको कार्य म्याद सकिनलाग्दा समेत सुस्त देखिएको छ । स्थानीय बासिन्दाले सडकको २० प्रतिशत काम मात्र पूरा भएको । भने अझै ८० प्रतिसतको काम बाकी रहेको छ । निर्माणको ढिलाइले वरपरका बजार र व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायी बताएका छन्।
सरकारी वेवास्ता र ठेकेदारको लापरबाहीले गर्दा सडक निर्माणले गति लिन सकेको छैन। महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने यो सडकको निर्माण कार्य पूरा नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । स्थानीय राजेश गुप्ताका अनुसार सडक स्तरोन्नतीको सपना देखाइएको भएपनि सरकार र ठेकेदारको असक्षमता सार्वजनिक भएको छ । गुप्ताले भन्नुभयो, "जति सकिन्छ त्यति मात्र ठेक्का गर्नु पर्ने हो, जसले गर्दा सडकमा धुलोका कारण आवतजावतमा समस्या नहुन्थ्यो ।" उहाँको भनाइमा बजेटको अभाव र ठेकेदारको काममा ध्यान नदिईंदा स्थानीय जनता पिरोलिनुपरेको छ।
अधुरो नाला र खाल्डा खुल्डीले गर्दा समस्या थपिएको छ । सडक किनारमा निर्माण कम्पनीले अधुरो नाला निर्माण गरेका कारण खाल्डाखुल्डी र फोहोरले गर्दा वरपरका घर तथा व्यापार व्यवसायमा नकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन् । "निर्माण कार्य गर्ने व्यक्तिहरू सम्पर्कमा आउँदैनन्," गुप्ताले भन्नुभयो, "सरकारी प्राविधिकलाई पनि भेट्न सकिँदैन । बरु मर्मत गरिँदा पहिलेको सडक अवस्था अहिलेभन्दा राम्रो थियो।"
पुल निर्माण पनि अधुरो, जनता असन्तुष्ट
यो सडकसंगै जोडिएको भक्सिपुर पुलको पनि स्थिति अधुरो रहेको गुनासो छ। साँसद फेरिएका भएपनि पुल र सडकको अवस्था यथावत छ, जसले गर्दा जनतामा निराशा छाएको स्थानीय आस्मा हरिजनले बताउनु भयो ।
२१ करोडको ठेक्का, काममा अपेक्षित प्रगति छैन
भौतिक पूर्वाधार तथा यातायात विभागको सडक डिभिजन कार्यालय बुटवलले २१ करोड ११ लाख ३८ हजार ६ सय ६६ रूपैयाँको ठेक्कामा यो सडक निर्माणको जिम्मा दिएको थियो। गौरीशंकर हिमालयन निर्माण प्रा.लि.ले २०८१ असोज २६ गतेसम्म निर्माण पूरा गर्ने सम्झौता गरेको थियो, तर हालसम्म नालासहितका कामसमेत पूरा भएका छैनन्।
सडक निर्माणमा ढिला हुदा स्थानीय बासिन्दाहरूले सडक निर्माणको गति बढाउन सम्बन्धित निकायलाई पहल गर्न आग्रह गरेका छन् । "भविष्यको सपना देखेर कति बस्ने ?" स्थानीयले प्रश्न गर्दै, निर्माण कार्यमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच