काठमाडौं । प्रेममा विछोड भएपछि अधिकांश युवायुवती उदासीन हुने गर्दछन् । हुन त प्रेमवियोगको अवस्थामा को नै खुसी हुन सक्छ र ? केटा होस् या केटी दुबैका लागि ब्रेकअप नमिठो र उदासलाग्दो हुन्छ ।
विछोडको पीडालाई सहन नसकी कतिपयले आत्महत्यासम्म गर्ने गरेका घटना पनि हामीले सुन्दै आएका छौं । आफ्नो संवेगात्मक अवस्थालाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु हुने गर्दछन् ।
ब्रेकअपपछि पनि खुसी रहन यी कुराहरुहरुको अनुशरण गर्नुपर्ने हुन्छ–
- आफूलाई खुसी मिल्ने काममा मन लगाउनुहोस् ।
- सामाजिक सञ्जालमा साथी समूह (फ्र्याण्ड सर्कल) बढाउनुहोस् जसले नयाँ मान्छेसँग तपाईको सम्बन्ध बढ्दै जाओस् ।
- साथीहरुलाई पर्याप्त समय दिनुस् जसले तपाई आफ्नो खाली समयमा पूर्वप्रेमीसँगका विगतका क्षणहरु भुल्न सक्नुहुन्छ ।
- मनमा पूर्वप्रेमीका लागि जतिपनि रिस छ, त्यो सबै साथीहरुलाई बताइदिनुहोस् जसले गर्दा तपाई मन हल्का बनोस् ।
- रमणीय ठाउँको भ्रमण गर्नुहोस् जसले गर्दा तपाईको तनाव कम हुनेछ र मन प्रसन्न रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच