काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्ट कार्ड नेपालबीच ‘स्मार्ट क्युआर’मार्फत् भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै माई पे वालेट प्रयोगकर्ताले स्मार्ट क्युआरमार्फत् आफ्नो वालेट लोड गर्न र मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआरमार्फत् भुक्तानी लिन स्मार्ट क्युआरको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
क्युआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड इएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्युआर स्ट्यान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो ।
स्मार्ट च्वाइस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा एससिटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीका अनुसार स्मार्ट क्युआरमार्फत् हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले सेवाको सुरुवातपछि माई पे वालेटका प्रयोगकर्तालगायत मर्चेन्टहरूलाई कारोबार गर्न झनै सजिलो हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच