रौतहट । रौतहटको गढीमाई नगरपालिका ८ मा वडाध्यक्षको उपनिर्वाचन हुँदैछ ।
जसपाबाट वडाध्यक्षमा निर्वाचित रामाज्ञा राय यादवको देहान्तपछि खाली भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
वडाध्यक्ष पदको लागि हुन लागेको उपनिर्वाचनमा पार्टीको विरासत जोगाउन जसपाका वरिष्ठ नेताहरु सक्रिय रहनु भएको छ । सोमवार जसपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय लालबाबु राउत र सरोज यादव, पूर्व राज्यमन्त्रीद्वय योगेन्द्र राय यादव तथा फुलबाबु भन्ने शेख अबुल कलाम आजाद र अन्य विभिन्न नेताहरुले पार्टीबाट वडाध्यक्ष प्रत्याशी सन्देश यादवका लागि प्रचार गरेका छन् ।
जसपाले गरेको मोटरसाइकल ¥यालीमा सयौँले सहभागिता जनाएका छन् ।
उपनिर्वाचन हुन लागेको वडामै गरिएको आमसभामा पनि वरिष्ठ नेताहरुले सम्बोधन गर्नुभयो । मधेशले अधिकार नपाएको, बजेट नपाएको तथा संविधानमा कमजोरी रहेका जस्ता पुरानै कुराहरु पनि नेताहरुले दोहो¥याउँदै अन्य दलको आलोचना गर्नुभयो । वडाको निर्वाचनमा वडाको समस्याभन्दा राष्ट्रिय समस्यामा नेताहरु बढी केन्द्रित हुनुभयो । आफ्नो दलको उम्मेदवारलाई वडाध्यक्षमा निर्वाचित गर्न पनि उहाँहरुले आग्रह गर्नुभयो ।
यस वडा अहिले निर्वाचनमय भएको छ । जसपाबाट वडाध्यक्षमा निर्वाचित रामाज्ञा यादवकी पत्नी पनि अहिले उम्मेदवार भएको घोषणा गरिएको छ । उहाँलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । जसपाले सन्देश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै यादव पत्नीलाई एमालेले उम्मेदवार बनाउने घोषणा गरेको हो ।
निर्वाचन हुन लागेको गढीमाई नगरपालिकाको वडा नम्बर ८ नेपाली काँग्रेसका मधेश प्रदेश अध्यक्ष तथा प्रदेश सभामा संसदीय दलका नेता कृष्णप्रसाद यादवको गृह वडा भएकोले वडाध्यक्षको उपनिर्वाचनलाई निकै उत्सुकतापूर्वक हेरिएको छ ।
वडाध्यक्षमा जसपालाई विरासत जोगाउन चुनौती रहेको छ भने नेपाली काँग्रेसलाई पनि विरासत कायम गर्ने चुनौती छ । यस वडाको उपनिर्वाचनलाई अत्यन्त रोचक तथा उत्सुकतासाथ हेरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच