काठमाडौं । देशभर क्रियाशील सिभिल इञ्जिनियरिङ ल्याबरेटरीको छाता संस्थाका रूपमा सिभिल इञ्जिनियरिङ ल्याबरेटोरी एसोसिएसन अफ नेपाल (सिइएलएएन) नामक संस्था गठन गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वमहासचिव रामशरण देउजाको अध्यक्षतामा संस्था विधिवत् दर्तासमेत गरिएको छ । भौतिक पूर्वाधार निर्माण उद्योगको सबैभन्दा महत्वपूर्ण पक्ष गुणस्तर परीक्षण कार्यमा संलग्न निजी सिभिल इञ्जिनियरिङ ल्याबेरोटरी(प्रयोगशालाहरू) को व्यावसायिक क्षमता अभिवृद्धि, व्यावसायिक हकहित, नियमन र अनुगमन एवं यस व्यवसायसम्बन्धी कानुन तर्जुमा गर्न व्यवसायीबीच एकता कायम गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको अध्यक्ष देउजाले बताउनुभएको छ ।
संस्थाको संस्थापक कार्यसमितिमा अध्यक्ष देउजा (भद्रकाली ल्याबरेटोरी प्रालि) मध्यपुर ठिमी नगरपालिका ६, उपाध्यक्षमा इञ्जिनियर अभिमन्यु हुमागार्इं (विडिएच ल्याब) ललितपुर उपमहानगरपालिका च्यासल, महासचिवमा इञ्जिनियर विज्ञानेश्वर माकजु (क्युटेज ल्याब) सूर्यविनायक नगरपालिका भक्तपुर, कोषाध्यक्षमा राजन महर्जन (जिएस इञ्जिनियरिङ) कीर्तिपुर नगरपालिका र सहकोषाध्यक्षमा गुरु घिमिरे (सोइल एग्रिगेट सिभिल ल्याब एण्ड कन्सल्टेन्ट) काठमाडौं महानगरपालिका जोरपाटी रहेका छन् ।
सदस्यमा निशान भुसाल (बुटवल इञ्जिनियरिङ ल्याबरोटरी प्रालि) बुटवल उपमहानगरपालिका ११ र सागरविक्रम बिष्ट (नारायण इञ्जिनियरिङ ल्याब) नेपालगञ्ज उपमहानगरपालिका रहेका छन् । अन्य सदस्यमा टंक खड्का (टेक्निकल ल्याबरोटरी एण्ड कन्सल्टेन्सी प्रालि) काठमाडौं, शिवहरि सिलवाल (सेन्ट्रल मेटिरियल्स ल्याबरोटरी प्रालि) चितवन, राजीव कपुर (इञ्जिनियरिङ मटेरियल्स टेष्टिङ ल्याबरोटरी एण्ड रिसर्च सेन्टर प्रालि) जनकपुर रहेका छन् । संस्थाको कानुनी सल्लाहकारमा शिवराम तिमल्सिना रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच