दुबई । नेपालका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले अमेरिकामा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर्स कोर्समा प्रशिक्षण लिनुहुने भएको छ । तेक्वान्दोको अन्तर्राष्ट्रिय महासंघका विश्व तेक्वान्दो (डब्लुटी) को आयोजनामा आगामी डिसेम्बर १८ देखि २१ सम्म अमेरिकाको सिकागो शहरमा हुने तेक्वान्दो मास्टर्स कोर्समा नेपालका तेक्वान्दो प्रशिक्षक अधिकारीले सहभागिता जनाउने हुनुभएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपालका राजदूत तेजबहादुर क्षेत्रीले तेक्वान्दो प्रशिक्षक अधिकारीलाई बिदाइ गर्नुभएको छ । आबुधाबीस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रमबीच राजदूत क्षेत्रीलगायतले युएईबाट सहभागी हुन जाने नेपाली तेक्वान्दो प्रशिक्षकलाई बिदाइ गर्नुभएको थियो ।
प्रशिक्षक अधिकारी मास्टर्स कोर्समा सहभागी हुन शुक्रबार त्यसतर्फ जाँदै हुनुहुन्छ । यसअघि गत जुलाईमा दक्षिण कोरियामा सम्पन्न विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा पनि युएईमा रहेका तेक्वान्दो खेलाडी अधिकारीकै नेतृत्वमा सहभागिता जनाइएको थियो ।
दुबई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजमले आयोजना गरेको दुबई फिटनेस च्यालेन्जमा समेत अधिकारीले प्रशिक्षकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतुमको पहलमा दुबई डिपार्टमेन्ट अफ इकोनोमी एण्ड टुरिजम स्थापना भएको हो ।
अधिकारीले कराँते र बक्सिङ प्रशिक्षणका लागि नेपाली खेलाडीलाई अवसर प्रदान गर्दै आउनुभएको छ । अधिकारीले गत फेब्रुअरीमा डब्लुटी तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न विश्व वरीयता जी टु, युएस ओपन तेक्वान्दोमा पनि नेपालका तर्फबाट प्रतिनिधित्व गरिसक्नुभएको छ । गत एक दशकदेखि युएईमा रहनुभएका अधिकारी युएईमा राष्ट्रिय रेफ्री तथा प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच