काठमाडौं । फेशन डिजाइन वा सौन्दर्यशास्त्र कपडा र मानिसको बीचमा कसरी व्यवस्थापन गरेर मान्छेलाई सुन्दर बनाउन सकिन्छ भन्ने एक कला हो । यस्तो शैली संस्कृति र सामाजिक दृष्टिकोणबाट प्रभावित हुन सक्छ र समयसँगै फरक पनिहुँदै जानसक्छ । कपडा पनि तयारी अवस्थामा रहेको वा रेडिमेड गरी विभिन्न प्रकारको हुन्छ ।
यी सबै प्रकारका पोशाक तयार पार्ने क्रममा फेशन डिजाइनरको सहयोग लिनु आवश्यक हुन्छ । यस्तै फेशन डिजाइनरका रूपमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्दै आउनुभएको छ अम्रिता उप्रेतीले । बारा स्थायी घर हुनुभएकी उप्रेतीले काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन पस्किरहनुभएको छ । उहाँ उत्कृष्ट डिजाइनको रूपमा परिचित हुनुहुन्छ । फेशन डिजाइन कपडा र सामानहरूमा डिजाइन र सौन्दर्य महसुस गर्ने कला हो ।
फेशन डिजाइनहरू सांस्कृतिक र सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् र समय र स्थानमा परिवर्तन भएका छन् । फेशन डिजाइनरहरूले कपडा र सामानहरू डिजाइन गर्न विभिन्न तरिकामा काम गर्छन् । केही डिजाइनरहरू एक्लै वा समूहमा काम गर्छन् । तिनीहरूले सुन्दर ढंगले डिजाइन गरिएका कपडाहरूको उपभोक्ताको चाहना पूरा गर्छन् र डिजाइन पछि कपडाहरू बजारमा पुग्न समय लाग्ने भएकोले, तिनीहरू कहिलेकाहीं उपभोक्ताको प्राथमिकता पनि अनुमान गर्छन् । वास्तवमा, केही डिजाइनरहरू यति प्रतिष्ठित छन् कि तिनीहरूले फेशन प्रवृत्तिहरू सेट गर्छन् ।
यस्तै यो क्षेत्रमा आफ्नै पहिचान बनाउनुभएको छ अमृताले । कतिपय फेशन डिजाइनरको नेपालमा स्कोप र आम्दानी दुवै छैन भन्छन् । आम्दानीको हिसाबले फेशन डिजाइनमा अमृताले अवसर राम्रो पाउनुभएको छ । पछिल्लो समय फेशनको डिमान्ड राम्रो भएकाले यसमा नाम, दाम र चर्चा सबथोक भएको उहाँको भनाइ छ । ‘नेपाली फेशनको स्वदेशमा मात्र नभएर, विदेशमा पनि माग बढ्दो छ । विदेश पठाउने फेशनमा कल्चर, संस्कृति मिसाएर पठाउन सके दोहोरो फाइदा लिन सकिन्छ,’ उहाँ भन्नुहुन्छ ।
फेशन सो, सौन्दर्य प्रतियोगितालगायत फेशन डिजाइनरका रूपमा पनि उहाँको सक्रियता रहेको पाइन्छ । नेपालमा पनि पछिल्लो समय सौन्दर्य चेत बढ्दै गएको उहाँ बताउनुहुन्छ । अमृताको सानैदेखि फेशनप्रति रुचि थियो त्यसैले उहाँले यो क्षेत्र रोज्नुभयो र यतिबेला यही क्षेत्रमा स्थापित हुनुहुन्छ । फेशन भनेको पहिरनमात्र नभएर बोल्ने, व्यावहर गर्ने, बस्ने, खाने, हिँड्नेदेखि हरेक कुरा पर्ने उहाँ बताउनुहुन्छ । नेपालमा फेशनको मामिलामा सर्वसाधारणभन्दा सेलिब्रेटी अगाडि रहेको उहाँ सुनाउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच