काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराउनु भएको छ ।
आफूविरुद्ध शृङ्खलबद्ध कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले पार्टीको संसदीय दल र अनुशासन समितिमा उजुरी दर्ता गराउनु भएको हो ।
कांग्रेस महासमिति सदस्य, गोरखा १ का सांसद तथा पर्यटन व्यवसायी बजगाईँले आफू मन्त्री भएदेखि नै सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएको पाण्डेले उजुरीमा लेख्नुभएको छ । बजगाईँले पार्टीको आन्तरिक अनुशासन र आफ्नो व्यक्तिगत इमान र निष्ठामा धावा बोलेको उहाँको जिकिर छ ।
मन्त्री पाण्डेले बजगाईँले अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानूनी कार्य गरेको भन्दै अनुसन्धान गरी आवश्यक कारवाहीको माग गर्नुभएको छ ।
'म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु। नेपाली कांग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग, समर्पण र नैतिकताको बाटोको पदचिह्नलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफुलाई समर्पित गरिरहेको छु । मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु । माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धती, मर्यादा, कानुन र अनुशासनको समेत गम्भिर उलंघन गरेको छ ।' उजुरीमा भनिएको छ ।
पाण्डेको तर्फबाट सचिवालय सदस्यले उजुरी दर्ता गराएका छन् ।
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाउनु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच