खानेपानीमा पनि डिजिटाजेसनमा जोड

Read Time = 2 mins

काठमाडौं । नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवामा पछिल्लो समय विकास भएका विश्वका प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा थप परिष्कृत गर्न सरोकारवाला एकजुट हुने भएका छन् । शहरी सेवा प्रबन्धका चुनौती ध्यानमा राख्दै जिएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा ‘नेपालमा शहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण’ विषयक कार्यक्रममा उनीहरूले उक्त कार्यका लागि एकताबद्ध हुने बताएका हुन् ।

कार्यक्रममा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले खानेपानीमा डिजिटाइजेसन : समस्या र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने खानेपानी तथा ढल विकास विभागका विभागका महानिर्देशक रमाकान्त दुवाडी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा, खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठ, खानेपानी विभाग इसाउका डा. रञ्जित ओझाले पनि बोल्नुभएको थियो ।

नेपालमा शहरी ऊर्जा र खानेपानीको सेवा प्रवाहमा वर्तमान चुनौती बुझ्न सस्तो र पहुँचयोग्य ऊर्जा तथा सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालासँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्र पहिचान गर्नका लागि छलफल भएको थियो ।

सो अवसरमा नेपालका खानेपानी तथा ऊर्जा विभागका २० भन्दा बढी सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्था र जिएसएमएले सहयोग गरेका संस्था सहभागी थिए । जसमा दियालो टेक्नोलोजिज, घामपावर तथा इसेवा, जियो कृषि र प्राक्टिकल एक्सनलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?