हेटौंडा । चोरीका सुनको गरगहनासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कार्तिक ७ गते हेटौंडा उपमहानगरपालिका ८ कमाने बस्ने वर्ष ४२ को सन्तोष अधिकारीको घरबाट सुनका गरगहना, नगद तथा मोबाईलसमेत चोरी भएको घटनामा संलग्न व्यक्तिको खोजतलासको गर्ने क्रममा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।
चोरीका सामान सुनचाँदी पसलमा बिक्रि गरेको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
हेटौंडा १५ घर भई वडा नं. ४ भैरवरोडस्थित डेरा कोठा भाडामा लिई बस्ने वर्ष २४ को मनोज पुलामी मगरलाई फेला पारी चोरी भएको घटना सम्बन्धमा सोधपुछ गर्दा चोरीका गरगहना नगद र मोबाईल मध्ये केहि सुनका गरगहना वडा नं. ७ नागस्वतीस्थित शिवशक्ति सुनचाँदी पसलका संचालक सोही ठाँउ बस्ने बर्ष २५ को धिरज विश्वकर्मालाई बिक्री गरेको भनि बताए पश्चात उनीहरु मगर र विश्वकर्मालाई चोरीका गरगहनासहित २९ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मगर र विश्वकर्मालाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच