वेष्ट इण्डिज । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको टी-२० आई सिरिजमा पाहुना टोली इंग्ल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । इंग्ल्यान्डले शुक्रबार भएको खेल ३ विकेटले जितेको छ । जितसँगै पाहुना टोलीले पाँच खेलको टी-२० आई सिरिज दुई खेल अगावै जितेको छ ।
१४६ रनको लक्ष्य इंग्ल्याण्डले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । इंग्ल्याण्डका अलराउण्डर साम करनले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोड्नुभयो । लियम लिभिङस्टोनले २८ बलमा ३९ तथा ओपनर विल ज्याक्सले ३३ बलमा ३२ रन बनाउनुभयो ।
कुरान र लियामस्टोनले पाँचौं विकेटका लागि गरेको ३९ रन जितको आधारमा बनेको थियो । वेष्ट इण्डिजका अकिल होसेनले ४ तथा अल्जारी जोसेफ र गुणकेश मोटीले समान १ विकेट लिनुभयो । त्यसअघि ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रनको योगफल खडा गरेको थियो ।
कप्तान रोभमन पावेलले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोड्नुभयो । रोमारिया शेफर्डले २८ बलमा ३० तथा अल्जारी जोसेफले १९ बलमा नट आउट २१ रन बनाउनुभयो । इंग्ल्याण्डका सकिब मोहम्मद र जेमी ओभरटनले समान ३ तथा जोफ्रा आर्चरले १ विकेट लिनुभयो । चौथो टी-२० आई आइतबार हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच