काठमाडौं । लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फाष्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुनुहुन्छ । बायाँ हाते पेसरको रूपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेष्ट इण्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसक्नुभएको छ ।
विशेषगरी उहाँले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इण्डिज यू-१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाउनुभएको थियो । दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उहाँ लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनुहुनेछ ।
लुम्बिनी लायन्समा सामेल हुन पाउँदा आफ्नो उत्साह व्यक्त गर्दै सिमण्ड्सले भन्नुभएको छ, ‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको एक रोमाञ्चक अध्याय हो । नेपालीहरूको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो ऊर्जा हेर्न आतुर छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सिमण्ड्सको आगमनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयो, ‘हामी रामोन सिमण्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुशी छौं । हामीलाई विश्वास छ कि उहाँको बलिङ हाम्रो टिमको लागि अत्यन्त महत्वपूर्ण हुनेछ । उहाँको युवा जोसले हाम्रो सम्पूर्ण टिम र विशेषगरी हाम्रा युवा खेलाडीहरूलाई प्रेरणा दिनेछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच