एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २७ वर्षीया क्यारोलिन लेविटलाई हृवाइट हाउसको सञ्चार सचिव (प्रेस सेक्रेटरी) नियुक्त गर्नुभएको छ । ट्रम्पले शनिबार उहाँलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।
क्यारोलिन यो पद सम्हाल्ने सबैभन्दा कम उमेरकी हुनुहुन्छ । यसअघि सन् १९६९ मा राष्ट्रपति रिचर्ड नेक्सनले २९ वर्षीय रोनाल्ड जिग्लरलाई प्रेस सेक्रेटरी बनाउनुभएको थियो । क्यारोलिन हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा ट्रम्पको चुनावी अभियानको प्रेस सेक्रेटरी हुनहुुन्थ्यो । साथै ट्रम्पको अघिल्लो कार्यकालमा उहाँले राष्ट्रपतिको सहायक प्रेस सेक्रेटरीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
क्यारोलिनलाई प्रेस सेक्रेटरीलाई चयन गर्दै ट्रम्पले भन्नुभएको थियो, ‘क्यारोलिन लेविटले मेरो ऐतिहासिक चुनावी अभियानमा धेरै राम्रो काम गर्नुभयो । अब उहाँ हृवाइट हाउस प्रेस सचिवको रूपमा मसँगै काम गर्नुहुनेछ ।’ उहाँले अगाडि भन्नुभयो, ‘क्यारोलिन एक स्मार्ट र प्रभावशाली प्रसारक प्रमाणित हुनुभएको छ । उहाँले अमेरिकी नागरिकसम्म हाम्रो सन्देश पुर्याउन उहाँले मद्दत गर्नुहुनेछ भन्ने मलाई पूरै विश्वास छ ।’
अमेरिकाको न्यू हृयामसायरकी क्यारोलिनले हृवाइटहाउसमा इन्टर्नसीप गरिसक्नुभएको छ । ट्रम्पले सन् २०२० मा चुनाव हारेपछि उहाँले रिपब्लिकन नेता एलिस स्टेफनिकको सञ्चार निर्देशक बन्नुभएको थियो । स्टेफनिककलाई ट्रम्पले संयुक्त राष्ट्रसंघको राजदूत बनाउनुभएको छ ।
क्यारोलिनले न्यू हृयाम्पसायरमा सन् २०२२ मा हाउस अफ रिप्रिजेन्टेटिभको चुनावमा पराजित हुनुभएको थियो । हृवाइट हाउसकी प्रेस सेक्रेटरीले दैनिक रूपमा त्यहाँ पत्रकारका लागि प्रेस ब्रिफिङ गर्नुपर्ने हुन्छ । साथै, राष्ट्रपति र मन्त्रिपरिषद्को कामकाज बारे जानकारी दिनुपर्छ । राष्ट्रपतिको दैनिक कार्यतालिका र विदेश यात्रा बारे जानकारी दिनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा राष्ट्रपति कार्यालयको अडान बारे प्रष्ट पार्नुपर्नेहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच