राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा वडा नं १ मा एक स्वतन्त्र सहित ९ जना उम्मेदवारी दर्ता गराएका छन भने वडा नं ४ मा ८ जनाले उम्मेदवारी दर्ता गरएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
गत स्थानीय तह निर्वाचनमा वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचित काङ्ग्रेसका प्रितमलाल चौधरीको र वडा नम्बर ४ मा वडाध्यक्षमा निर्वाचित काङ्ग्रेसकै हरि रायको निधन भएका कारण दुवै वडामा उपनिर्वाचन हुन लागेको हो ।
वडा अध्यक्ष पदका लागि नेपाली काङ्ग्रेसबाट वडा नम्बर १ मा भुलिया देवी चौधरी र ४ को अध्यक्ष पदका लागि जोगेन्द्र रायको उम्मेदवारी दर्ता भएको छ । नम्बर १ मा उम्मेदवारी दर्ता गराएकी भुलियादेवी चौधरी यस अघिका वडा अध्यक्ष प्रितमलाल चौधरीकी पत्नी हुनु हाे ।
यसैगरी एमालेले वडा नम्बर १ मा भगवती साहलाई उम्मेदवार बनाएको छ । वडा नम्बर ४ को अध्यक्ष पदमा एमालेले सञ्जय यादवलाई उम्मेदवारी दिन लगाएको छ ।
यता जनता समाजवादी पार्टी ९जसपा० वडा नम्बर १ को अध्यक्ष पदमा धिरेन्द्र साहलाई उम्मेदवार बनाएको छ ।
वडा नम्बर ४ मा ४ नम्बर वडामा देवेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् वडा अध्यक्षको उम्मेदवार बनेका साह नेकपा एमाले परित्याग गरी केही दिनअघि जसपामा प्रवेश गर्नुभएको थियो ।
यसैगरी नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १मा प्रमोद कुमार संत र वडा नम्बर ४मा भागवत राम र नागरिक उन्मुक्तिबाट वडा नम्बर १मा अनिरुद्ध प्रसाद चौधरी, वडा नम्बर ४मा शिव कुमार रामले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता उप निर्वाचनका लागि जनमत पार्टीले वडा नम्बर १ मा शैलेन्द्र कुमार साह (तेली)लाई उम्मेदवार बनाएको छ । वडा नम्बर ४ को अध्यक्ष पदमा जनमतले उदयनारायण पण्डितको उम्मेदवारी परेको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा नम्बर १मा शतिष कुमार चौधरी थारु र वडा नम्बर ४ मा राजकुमार यादवले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा सुनिल साह र सिया कान्त चौधरी हुनुहुन्छ भने वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी कसैले दर्ता नगराएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच