काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा सुधार गर्ने उद्देश्यका साथ रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालनमा ल्याएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभएको छ ।
उहाँका अनुसार कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । रोबोटले धेरै काम सजिलो बनाउने उहाँको अपेक्षा छ ।
सामान्य सोधपुछदेखि एनटिसी सेवाका छ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत् सुन्न सक्ने बताइएको छ । रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको पनि पन्थीको भनाइ छ । विदेशीलाई समेत सुविधा दिने उद्देश्यले रोबोटमा अंग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच