काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशतले बढेसँगै सोमबार समग्र नेप्से ०.७० प्रतिशत बढेर २०७६.२७ अंकमा पुगेको हो । नेपाल टेलिकमको सेयर मूल्य १०, पिपल्स पावर १०, समाज लघुवित्त ९.९९, जोशी हाइड्रोपावर ९.९६, गुराँस लघुवित्त ७.६९ प्रतिशतले मूल्य बढेको छ भने स्वाभिमान लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.७८ प्रतिशतले घटेको छ । विशाल बजार कम्पनी ५.३६, चन्द्रागिरि हिल्स ३.८३, मन्दाकिनी हाइड्रोपावर ३.५८ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य २.९० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये नौ समूहको परिसूचक बढेको छ भने चारवटाको घटेको छ । अन्य समूहको सर्वाधिक ४.६८ प्रतिशत बढेको छ । कारोबारमा आएका निर्जीवन बिमा, होटल तथा पर्यटनमूलक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको परिसूचक घटेको छ ।
यस दिन तीन सय १० कम्पनीका ७४ लाख ९१ हजार तीन सय तीन कित्ता सेयर दुुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँमा खरिदबिक्री भएका छन् । आइतबारको तुलनामा कारोबार रकम ७७ करोड ८७ लाख रुपैयाँले घटेको हो ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्यारेन्सको सेयर सर्वाधिक १८ करोड ५९ लाख पाँच हजार रुपैयाँको कारोबार भएको छ भने कित्ताका आधारमा ङादी ग्रुप पावरको चार लाख ४७ हजार छ सय ६७ कित्ता सेयर १५ करोड ४६ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् । हाथवे इन्भेष्टमेन्ट आठ करोड २३ लाख, चन्द्रागिरि हिल्स पाँच करोड ९९ लाख र रिडी पावरको पाँच करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ६३ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच