बाँकेमा खोलामा डुबेर दुईको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

नेपालगञ्ज। बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताउनुभयाे ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवैजनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?