झापा। मंसिर १५ गते हुने उपनिर्वाचनका लागि झापाको कनकाई नगरपालिका ६ मा एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
मुख्यनिर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलका अनुसार स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, सत्तारुढ कांग्रेसका रामगोपाल ओली, नेकपा एमालेका तुलराम बस्नेत , प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका गणेशबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
त्यसैगरी जनमत पार्टीका सुकलाल राजवंशी, राप्रपाका नारायण निरौला , नागरिक उन्मुक्ति पार्टीका जमुना राजंवशी , मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले मनोनयन दर्ता गराउनु भएको छ ।
कांग्रेस पृष्ठभूमिका लक्ष्मीप्रसाद ओलीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । कनकाई ६ मा रहेको निर्वाचन कार्यालयमा सबैभन्दा पहिला पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ मा ओली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित बन्नु भएको थियो । २०७९ को स्थानीय तहमा पार्टीले टिकट नदिएपछि उहाँले विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । एमालेका दीर्घबहादुर थापा विजयी हुँदा ओली उपविजेता बन्नु भएको थियोे । उहाँकै कारण सो वडामा कांग्रेसले हारेको थियोे ।
आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । निर्वाचन कार्यालयले साँझ ६ बजे उम्मेदवारको नामावली (सूची) सार्वजनिक गरेको हो ।
कांग्रेस , एमाले , माओवादी केन्द्र लगायत दलले दलबल र र्यालीसहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । स्वतन्त्र र साना दलले एक्लाएक्लै पुगेर मनोनयन दर्ता गरेका हुन् । सबैभन्दा अन्तिममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रेष्ठले दर्ता गराएका हुन् । कनकाई ६ मा आठ पुरुष र एक महिला चुनावी प्रतिस्पर्धामा उत्रने देखिएको छ ।
उम्मेदवारको विरोधमा मंसिर ३ गते आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ गते उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको मुख्यनिर्वाचन अधिकृत लुइँटेलले बताउनुभयो ।
२०७९ को निर्वाचनमा निर्वाचित वडाध्यक्ष थापाको असारमा मृत्यु भएपछि झापाका १३१ वडा मध्ये कनकाई ६ मा उपनिर्वाचन हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच