नवलपरासी (पश्चिम) । वर्षौँदेखि हुलाकी राजमार्ग निर्माणको नाममा भएको लापरबाहीले स्थानीय जनतालाई निराश मात्र बनाएको छैन, आक्रोशित समेत बनाएको छ । नारायण चोकदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर सडक निर्माण ६ वर्षसम्म पूरा नहुँदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसहितका जनप्रतिनिधि बारम्बार संघर्षमा उत्रन बाध्य भएका छन् ।
सहमति भए पनि कार्यान्वयन शून्य गत असोज २ गते लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले आन्दोलनरत जनप्रतिनिधिहरूलाई जुस खुवाएर अनशन तोड्न लगाएका थिए । मन्त्रीले तत्काल काम सुरु गरिने प्रतिबद्धता जनाए पनि हालसम्म कुनै प्रगति हुन सकेको छैन । अध्यक्ष यादवले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सहमति कार्यान्वयन नहुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको बताउनु भयाे ।
“पटक-पटक सहमति तोडिएको छ, हाम्रो घचघच्याउने प्रयास जारी छ, तर अब अन्तिम संघर्ष हुनेछ, जुन अकल्पनीय हुनेछ,” अध्यक्ष यादवले चेतावनी दिनुभयाे । उहाँले यो विषयमा भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराउने योजना समेत सार्वजनिक गर्नुभएकाे छ ।
ठेक्का लिने कम्पनीको उदासीनता देखिएको छ । बज्र महालक्ष्मी जे.भी. कम्पनीले ठेक्का लिएर ६ वर्ष बिताइसक्दा पनि सडक निर्माण कार्यमा कुनै ठोस प्रगति गर्न सकेको छैन । आन्दोलनका कारण केही समय देखावटी रूपमा काम गरिएको भए पनि अहिले पुनः निर्माण ठप्प भएको छ । हुलाकी सडक आयोजना र प्रदेश सरकार समेत निर्माण कम्पनीलाई ताकेता गर्न असफल देखिएका छन् ।
पालिका प्रमुखले राखेको आन्दोलनना स्थानीयहरुको सामूहिक समर्थन देखिएको थियो । आन्दोलनलाई अन्य ६ वटै पालिकाले समर्थन गर्दै एकता प्रदर्शन गरेका छन् । अध्यक्ष यादवकाअनुसार यदि सम्बन्धित पक्षहरूले तत्काल प्रभावकारी कदम चालेनन् भने जनप्रतिनिधि र स्थानीयवासी थप सशक्त आन्दोलनमा उत्रने तयारीमा छन् ।
हुलाकी राजमार्गजस्तो महत्वपूर्ण परियोजनाको अलपत्र अवस्थाले यस क्षेत्रका नागरिकको दैनिकी मात्र प्रभावित गरेको छैन, विकासप्रति असन्तोष र अविश्वास समेत बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच