झापा । व्यापारिक प्रयोजनका लागि एक दशक अघि बजारमा निर्माण गरिएका टहरा निर्वाध सञ्चालन हुनु पर्ने माग राखेर त्यस क्षेत्रका व्यवसायीले झापाको पुरानो र चर्चित बजार शिवगञ्ज आज बन्द गरेका छन् ।
शिवगञ्ज बजारमा रहेका १२ वर्षअघि निर्माण गरिएका शिवसत्ताक्षी नगरपालिकाले बन्द गर्ने योजना बनाएपछि बजार बन्द गर्नु परेको शिवगञ्ज बजार संरक्षण तथा टोल सुधार समितिका सदस्य भोलानाथ मैनालीले बताउनुभयो । उहाँले नगरपालिकाले शिवगञ्ज बजार नै तहसनहस बनाउन लागेपछि बजार बन्द गर्न बाध्य भएको दाबी गर्नुभयो ।
उहाँले शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्रा र शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलाल कार्की टहरा बन्द गराउन लागिपरेको आरोप लगाउनु भयो । शिवसताक्षी ६ शिवगञ्जमा १३ चौडाइ र ३०० फिटमा लम्बाईमा बनेका दर्जनौं टहरा सञ्चालनमा छन् । ती टहरा दशैँ अघि नै नवनिर्मित नयाँबजारमा सार्ने तयारी भएको थियो । त्यसबेला चाडपर्व परेकोले सारिएको थिएन ।
अहिले बजारमा सञ्चालित टहरा हटाउने तयारी भएको र नगर प्रहरीले व्यवसायीलाई धम्क्याउन थालेपछि आइतबार शिवगञ्ज बजार संरक्षण तथा टोल सुधार समितिका अध्यक्ष कमल कन्दङ्वाको अध्यक्षतामा बसेको बैठकले बजार बन्द गर्ने निर्णय गरे अनुसार नै आज बजार बन्द गरिएको मैनालीको भनाइ छ । समस्या समाधानका लागि गरिएका पहल र प्रयास असफल भएपछि आफूहरू बजार बन्द गर्न बाध्य भएको मैनालीले बताउनुभयो ।
वडाध्यक्ष मनोज कार्की खुलालले वडा र नगरपालिकाले टहरा भत्काउने निर्णय नगरेको जानकारी दिनुभयो । केही व्यवसायीले बजारको विकास र व्यवस्थापनभन्दा पनि आफ्नो स्वार्थका कारण बजार बन्द गराएको बताउनुभयो ।
'यो विषयमा वडा र नगरपालिकालाई केही थाहा छैन, बल प्रयोग गर्ने र टहरा हटाउने कुरामा सत्यता छैन ' वडाध्यक्ष कार्कीले भन्नुभयो, 'हामीले ती टहराका व्यवसायीलाई पनि नयाँबजार आउन र पठादिन आग्रह गरेको हो, उहाँहरुले मान्नु भएन, आज किन बजार बन्द गर्नु भएको हो, मलाई थाहा छैन ।'
शिवगञ्ज बजारलाई व्यवस्थित बनाउन आफूले निरन्तर प्रयास गरिरहेको र बजेटसमेत जुटाएको दाबी गर्दै वडाध्यक्ष कार्कीले भन्नुभयो, 'शिवगञ्जबजार व्यवस्थित बनाउने नै हो, राम्रो बनाउने नै हो, कसैले गरेको विरोधको जवाफ समयले दिन्छ ।'
विवाद जे भएपनि यसको निकास आपसी संवाद भएको कतिपय स्थानीय व्यापारी व्यवसायीको भनाइ छ । शिवगञ्ज बजारको समस्या सुल्झाउन संवाद जरुरी भएको उनीहरूको तर्क छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच