काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बासडर नियुक्त हुनुभएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज काठमाडौंले आइतबार इन्दुलाई एम्बासडर नियुक्त गरेको हो । टोलीले जर्सी पनि सार्वजनिक गरेको छ । काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी हुनुहुन्छ ।
काठमाडौं गुर्खाजले अक्सनबाट शाहव आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो । विदेशी खेलाडीका रूपमा यसअघि नै नेदरल्याण्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुबन्ध गरिसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच