सत्र क्विन्टल गाँजासहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । राजगढ गाउँपालिका-४ बाट सप्तरी १७ क्विन्टल ३६ किला गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका-४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।

कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । टिपर चालक धनकुटाको सहिदभूमि गाउँपालिका-३ का ३३ वर्षीय यमजित राईलाई पक्राउ परेका छन् । निजलाई आज अदातलमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?