इलाम । जापानको मुद्रा बनाउन प्रयोग हुने कच्चापदार्थ अर्गेली खेतीमा किसानको आकर्षण बढेको छ । नेपाली कागज जापान निर्यात बढेपछि इलाममा अर्गेली खेती बिस्तारमा प्रदेश सरकारको लगानी पनि बढेको छ ।
लेकाली क्षेत्रका डाँडापाखामा अर्गेली खेती हुन्छ । नेपाली कागज बनाउन प्रयोग हुने अर्गेलीको माग जापानमा बढेपछि खेती बिस्तार हुन थालेको छ । अर्गेली जापान निर्यातले गाउँमा प्रशोधन उद्योग पनि खुल्ने क्रम बढेको छ । लोप हुन लागेको अर्गेलीको व्यवसायीक खेती विस्तार भएपछि अहिले इलाममा प्रशोधन समेत हुन थालेका छ ।
जापानिज यान बनाउन प्रयोग हुने अर्गेलीको निर्यात बढेपछि किसानले पाखाबारीमा खेती बिस्तार गर्न थालेका छन् । अर्गेली रोपिएको ४ वर्षमा आम्दानी लिन सकिन्छ । एक पटक रोपेपछि पुनः रोपण गर्नु नपर्ने भएकाले किसानले खाध्यबाली नहुने क्षेत्रमा अर्गेली खेती बिस्तार गर्दै आएको सन्दकपुर २ का अमृत राईले बताउनुभयो ।
चिसो मौसम र हावापानी भएका क्षेत्रको कान्ला र पाखो बारीमा अर्गेली खेती बिस्तार हुँदै आएको छ । अर्गेली रोपिएको चार वर्षपछि प्रशोधन गर्न काटिन्छ र सोहि बोटबाट पुःन पलाउने गर्छ । लेकाली क्षेत्रमा गाई वस्तुको सोत्तर ओछ्याउन प्रयोग हुने अर्गेली जापान निर्यात बढेपछि प्रदेश सरकारले पनि लगानी शुरु गरेको छ । कोशी प्रदेश सरकारको डिभिजन वन कार्यालय इलामले अर्गेली खेती बिस्तारमा अनुदान समेत प्रदान गर्दै आएको सुचना अधिकारी गजेन्द्र कुमार श्रेष्ठले बताउनुभयो ।
इलाममा केही समयका लागि झापादेखि लोक्ता निकाल्ने आएका मजदुर एकदुई महिना सम्म काम गर्दछन । अर्गेलीको बोटबाट लोक्ता निकाल्न तत्कालै हुने भए पनि निकालिएको लोक्ता सुकाउन राम्रो घाम लाग्दा तीन दिन र घाम कम लाग्यो भने पाँच छ दिन पनि लाग्ने गरेको मजदुरको भनाइ छ ।
निकालिएको लोक्तालाई दुईतिर बाँसको टेका र बीचमा पनि बलो तेस्र्याएर झुण्ड्याएर सुकाइन्छ । इलामबाट बार्षिक १ लाख किलो प्रशोधित अर्गेली जापान निर्यात हुने गरेको छ । इलाममा उत्पादन भएको अर्गेली कानपाउ नेपाल संस्थाले खरिद गर्दै आएको हो । अर्गेली प्रशोधनका लागि हाते कागज उद्योग गाउँमा स्थापना भएपछि ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि थपिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच