काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले आज एक विज्ञप्ति जारी गर्दै करिब १० वर्ष अघि सारिएको वेल्ट एण्ड रोड पहलकदमी शुरुमा चीनले अघि सारेको भए पनि अब त्यो एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको बताउनु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली आउँदो मंसिर तेस्रो साता चीन भ्रमणमा जानु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा यतिबेला बीआरआईबारे सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच बहस चलिरहेको छ । कांग्रेस ऋणमा होइन, अनुदानमा लिनुपर्छ भन्दै आएको छ भने एमालेको प्रष्ट रुपमा आधिकारीक धारणा नआएको भएपनि उक्त सम्झौता स्वीकार्नुपर्ने आसय व्यक्त गरिरहेको छ ।
यसै बेला सम्मानीत नेता खनालले यस्ताे धारणा व्यक्त्त गर्नु भएकाे हाे ।
प्रतिपक्ष दल एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहनुभएकाे खनालले बीआरआई सहयोगलाई ऋण पासोका रुपमा व्याख्या नगर्न आग्रह गर्नुभएको छ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढ्न उहाँको सुझाव छ ।
विज्ञप्तिमार्फत उहाँले भन्नुभएको छ– ‘नेपालको उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनले करिब १० वर्ष अघि सारेको वेल्ट एण्ड रोड पहलकदमी सुरुमा चीनले अघि सारेको भए पनि अब त्यो एउटा विश्वव्यापी अवधारणा र परियोजना बनेको छ । विगत १० वर्षको अवधिमा बदलिँदो विश्व परिवेशमा वेल्ट एण्ड रोड परियोजनामा विश्वका १५३ मुलुकहरु एक वा अर्को संझौतामा जोडिई सकेका छन । ती मुलुकहरुमा ३००० भन्दा बढी ठूला, मझौला र साना योजनाहरुमा सम्झौता भएका छन र तिनीहरु लागू भइरहेका छन् । यी परियोजनाहरुमा अहिलेसम्म १.४ ट्रीलियन डलरभन्दा बढी लगानी भइसकेको छ र विभिन्न देशमा लाखौं लाख जनताले रोजगारी समेत प्राप्त गरेका छन र गर्दैछन् ।’
बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलबीच बहस भइरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति बिडम्वना बन्न पुगेको उहाँले बताउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस पटक प्रधानमन्त्रीको चीन भ्रमण हुँदा यी पूर्वाग्रहहरुलाई तोड्दै बीआरआई लगायत नेपालको राष्ट्रिय हित अनुकूल हुने अन्य अनेकौं विषयमा सम्झौता होला भन्ने आशा जनताले गरेका छन् । तर फेरि पनि बीआरआई गर्ने कि नगर्ने भन्ने विषयमा नै सत्तारुढ दुई दलबीच बहस भइरहनु र ठोस निर्णय गर्न नसक्नु मुलुककै निम्ति बिडम्वना बन्न पुगेको छ ।’
'सत्तारुढ दुई दलका नेताहरु सरकार र प्रधानमन्त्रीलाई म के भन्न चाहन्छु भने हामी नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखौँ, भूराजनीतिको “पासो” मा नफसौ, नेपाली बुद्धिले अन्तराष्ट्रिय सम्वन्धलाई हेरौ, छिमेकमा चीन जस्तो विकासवान विश्वकै दोस्रो आर्थिक शक्ति हुनु हाम्रा निम्ति ठूलो औसर समेत हो, त्यो औसरलाई बुद्धिमतापूर्ण रुपले ग्रहण गरौँ ।' उहाँले भन्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच