प्रिमियर कप खेल्ने मलेसियाको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मलेसियाले अर्कोे सातादेखि नेपालमा हुने एसिसी प्रिमियर कपको लागि १४ सदस्यीय टोली घोषणा गरेको छ । अहमद फैजको कप्तानीमा मलेसियाले टोली घोषणा गरेको हो । मलेसिया टोलीमा अहमद फैज, विरनदीप सिंह, सैद अजिज, शर्विन मुनाआन्दडी, अमिर अजिम, फ्रिती साम, खिजर हायत, रिजवान, विजय उन्नी, अनवार रहमान, नाजरिल रहमान, मोहम्मद आजम, वाफिक इफरान र मोहम्मद स्याहदत रहनुभएको छ ।

मलेसियाले पहिलो खेल वैशाख ५ मा टियु मैदानमा घरेलु टोली नेपालसँग खेल्दै सुरुवात गर्नेछ । दोस्रो खेल मलेसियाले वैशाख ७ मा मूलपानीसँग साउदी अरेबियासँग खेल्नेछ । तेस्रो खेल वैशाख १० मा ओमान र वैशाख १२ मा कतारसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।

यस्तै, प्रतियोगिताको अर्को टोली बहराइनले पनि आफ्नो टोली घोषणा गरेको छ । बहराइनको टोलीमा शाहबाज बदर, मोहम्मद युनिस, फियाज अहमद, सोहेल अहमद, जुनेद निअजी, हैदर अली, डेविड म्याथियास, अली दाऊद, साई सार्थक, माजिद अब्बासी, रिजवान बट, सत्यैया वीरपतिरण, इमरान जावेद र वसिक अहमद रहनुभएको छ ।

बहराइनले समूह चरणका दुई खेल मूलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । टियुमा बहराइनले २० अप्रिलमा सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । बहराइनको दोस्रो खेल मूलपानी मैदानमा २२ अप्रिलमा कुवेतसँग तथा तेस्रो खेल टियु मैदानमा २४ अप्रिलमा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल मूलपानीमा २६ अप्रिलमा युएईसँग रहेको छ ।

प्रिमियर कप वैशाख ५ देखि १८ सम्म टियु र मूलपानी मैदानमा हुनेछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराइन छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?