सुनको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?