घोराही । गोरक्षपात्रदेबता सिद्वरत्ननाथको प्रतिक पीरसहितको यात्राको टोली भारतको बलरामपुर जिल्ला तुलसिपुरमा पर्ने देबिपाटन मन्दिरबाट नेपाल फर्किएको छ ।
गत चैत्र २३ गते बिहान दाङको घारोही उपमहानगरपालिका १७मा अबस्थित सिद्धरत्ननाथ मन्दीर चौघेराबाट बिभिन्न स्थानिय कलासंस्कृति झल्कने झाकी र रथ यात्रा सहित देबिपाटनका लागी प्रस्थान गरेको पात्रदेबता सहितको यात्राको टोली १५ दिन पछि पुनः रतननाथ मठ चौघेरा आईपुगेको हो ।
बिहिबार राति देबिपाटनबाट नेपाल फीर्ता भएको रतननाथका मठाधिश सहितको महन्तहरुको टोली रथ यात्रासहित शुक्रबार बिहान गोरक्षपात्रदेबता सिद्वरत्ननाथ मठ घोराही १७ चौघेरा आईपुगेको यात्रामा सहभागी बलदेव योगिले जानकारी दिनु भयो ।
चैत्र २३ गते दाङबाट भारतको देबिपाटनको लागि यात्रारत टोलीले साबिकका रतननाथको बिश्राम स्थलहरु देउपुर गोरक्षधाममा पाँचदिन ,गढवाको कोईलाबासमा १ दिनको विश्राम पछि गत चैत्र २९ गते कोईलाबासदेखि भारतको जरुवा स्थित जनकपुर रतननाथ बिश्राम स्थलमा दुई दिन बिश्राम गरेको थियो । २०८१ साल बैशाष १ गते पंचमीका दिन पात्रदेबता लियर नक्टी नालाबाट रथ , झाकी सहितको पदयात्रा हुँदै यात्रा तुलसिपुरको देबिपाटन पुगेको थियो ।
पञ्चमीदेखि रामनवमी सम्म नेपालका मठाधिशबाट पाटेश्वरी देबिको नित्य पुजा आरधना गर्ने परम्परागत चलन छ । सोहि प्रचलन अनुसार रामनवमी सम्म नेपालका पिर बाट पाटेश्वरी देबिको पुजाआजा भएको महायात्रा मुल आयोजक समितिका उपाध्यक्ष डाक्टर भोलानाथ योगीले बताउनु भयो । पाटेश्वरी देबिको पुजा सगै दुबै देशका मठाधिश सम्मलित दलिचा बैठक भएको र उक्त र्बैठकमा शोभायात्राको विषयमा समिक्षा भएको बताईएको छ ।
उक्त बैठकमा देबिपाटनका मठाधिश मिथिलेश नाथ योगिले नेपालको स्थानिय लोक सस्कृति सहितको शोभायात्राले आफु उत्साहित भयको बताउनु भयको प्रतिकृया दिएको र आगामी बर्षहरुमा यात्रालाई अझै भब्य र ब्यबस्थित बनाउन प्रयत्नशिल रहेको बिचार ब्यक्त गर्नुभएको थियो । योगीले भन्नुभयो ,नेपालको विभिन्न कला सस्कृति झल्कने झाँकी भेषभुसा , सहितको शोभायात्राले भारत तुलसीपुरकाबासिहरु निकै प्रसन्न भएको र “आगामी बर्षहरुमा कार्यक्रम लाई अझ कसरी थप राम्रो बनाउन सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान जानेछ “ ।
गोरक्षपात्रदेब त्सिद्वरत्ननाथ मठ दाङ घोराही चौघेराका मठाधिश ब्रम्हनाथ योगिले नेपाल र भारत बिचको सास्कृतिक सम्बनधलाई बलियो बनाउन यो यात्रा ऐतिहासिक हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले यात्रालाई थप प्रभाबकारी बनाउन सबैको सहयोग रहने बिबश्वास ब्यक्त गर्नुभयो । बैशाष १ गते नेपालबाट भारतपुगेको रथयात्रा र झाँकी सहितको महायात्रालाई भारतको बिभिन्न स्थानमा भब्य स्वागत गरियको थियो ।
यात्रा ऐतिहासिक भएको र यात्राले नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउन पुलको काम गरेको यात्रा आयोजक समितिका सदस्य सचिव डाक्टर गोबिन्द आचार्यले बताउनु भयो । देबिपाटन पुगेको गोरक्षपात्रदेबता रतननाथका प्रतिक पीरलाई तुलसीपुरका मठाधिश मिथिलेशनाथ योगिले स्वागत गर्नु भएको थियो ।
नेपाल भारत देबिपाटन यात्रा ८सय ९ बर्ष देखिशुरु भएको भन्ने मान्यता छ । तथापि यस अघि रतननाथ मन्दिरका पीरसहित नाथ सम्प्रदायका सिमित मानिसहरुको सहभागितामा यात्रा हुँदै आएकोमा यो बर्ष लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा बिभिन्न जातजाति भाषाभाषीका मौलिक लोक कला र संस्कृति झल्कने झाँकी र सयौँको संख्यामा सबै समुदायका मानिसहरुको महायात्रामा सहभागिता रहेको थियो । २०५२ साल पछि साँघुरिँदै गएको देबिपाटन यात्रा यो बर्ष ऐतिहासिक बनेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच