कास्की । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।
कास्की जिल्ला अदालतले आज रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
यसअघि गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले उहाँलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकामा उक्त म्याद शुक्रबार सकिएपछि आज अदालत उपस्थित गराइएको थियो ।
अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएर पोखरा लगिएकाे हाे ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
आज थपिएको म्याद पाँचौ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौं ल्याउने तयारी छ । काठमाडौंबाटपनि उहाँविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच