लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुछारको साउथहृयाम्पटनलाई ३-२ गोलले पराजित गरेको छ । साउथहृयाम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै लिभरपुलले लिगको अंक तालिकामा दूरी फराकिलो बनाएको छ ।
१२ खेल खेलेको लिभरपुलको ३१ अंक भएको छ । समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ । यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अंक बनाएको छ ।
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा म्यानचेष्टर युनाइटेडले इपस्विच टावनसँग १–१ को बराबरी खेलेको छ । आइतबार राती पार्टमन रोडमा घरेलु टोली अंक खोस्न सफल भयो । यद्यपि खेलमा अग्रता भ्रमणकारी टोली युनाइटेडले बनाएको थियो । खेलको दोस्रो मिनेटमै मार्कुस रसफोर्डले युनाइटेडलाई अग्रता दिलाउनुभएको थियो । ४३औँ मिनेटमै ओमारी हुटचिनसनले बराबरी गोल गर्नुभयो ।
प्रशिक्षक रुवेन एमोरिमको आगमनसँगै युनाइटेडले नयाँ मोड लिने आशा गरिएको छ । यद्यपि पहिलो खेलमै उहाँ अंक बाँड्न बाध्य हुनुभयो । बराबरपछि १२ खेलबाट १६ अंक जोडेको युनाइटेड १२औँ स्थानमा छ । एक अंक खोसेको टावन नौ अंकसहित रेलिगेसन क्षेत्रमै छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच