
हेटौंडा । प्रहरीले करिब ५६ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब ५६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २७ वर्षीय अनिलकुमार थिङ र सोही गाउँपालिका–९ बस्ने ३२ वर्षीय राजेन्द्र मुक्तान रहेका छन् ।
प्रहरीका अनुसार सिमपानीबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा चालक सिटभन्दामाथि क्यबिनमा प्लास्टिक बेरेर लुकाइछिपाइ राखिएको उक्त गाँजा फेला पारी ट्रक चालक अनिल र ट्रकमा सवार राजेन्द्रलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत बाट १० दिनको म्याद लिएर आवश्यक अनुसन्धान भैरहेको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच