काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकका रूपमा एनसेललाई स्वागत गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो । कार्यक्रममा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्सलगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीको पनि उपस्थिति थियो । सो अवसरमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले प्रयोजन सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपिएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । लुम्बिनी लायन्सका अध्यक्ष जिसीले भन्नुभयो, ‘एनसेलजस्तो अन्तर्राष्ट्रियस्तरको एवं नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकका रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्राण्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोरले भन्नुभयो, ‘हामी नेपाली क्रिकेट र युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहँदै आएका छौँ र यो सहकार्य त्यसको एक ज्वलन्त उदाहरण हो । लुम्बिनी लायन्स क्लबसँगको यो साझेदारीले हाम्रो यस प्रतिबद्धता अझ मजबुत बनाउने विश्वास गरेका छौँ । ‘हामी तपाईंकै लागि’ भन्ने हाम्रो थिममा आधारित रही नेपाली क्रिकेट जगत्लाई थप उचाइमा पु¥याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।’ क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउण्डेसनले हालैमात्र एनपिएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा एजुकेसनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनपिएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच