मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको निर्बाचनमा अचुत राज भण्डारीको नेतृत्वमा १९ सदस्यीय शाखा समिति निर्विरोध निर्वाचित भएको छ ।
गठित निर्बाचन समितिले तोकेको मनोनयन दर्ता समयमा पदाधिकारी तथा सदस्य पदहरुमा एकल उम्मेदवारी परेको र दाबि बिरोधको समय पनि कुनै उम्मेदवार उपर दावि विरोध नपरे पछि पुरै शाखा समिति निर्विरोध निर्वाचित भएको हो ।
मुगु शाखा निर्बाचन समितिका संयोजक तथा वरिष्ठ पत्रकार बिनोद कुमार मल्लका अनुसार अध्यक्षमा अचुत राज भण्डारी, उपाध्यक्षमा जीवन सेजुवाल, उपाध्यक्ष महिलामा सुकमाया शाही, सचिवमा नन्द बहादुर रोकाया, कोषाध्यक्षमा मोहनकुमार मल्ल, सह-सचिवमा शिबचन्द्र कार्की, सह-सचिव समावेसिमा सोबिना भाम निर्बिरोध निर्बाचित हुनु भएकाे छ भने १९ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
केन्द्रिय परिषद प्रतिनिधिमा नृपेन्द्र बहादुर मल्ल र कबिराज कार्की प्रदेश परिषद प्रतिनिधिमा दानबहादुर बुढा र गोकर्ण शाही निर्बिरोध निर्बाचीत भएका मुख्य निर्वाचन अधिकृत तथा अधिवक्ता प्रशान्तकुमार शाहिले जानकारी गराउनु भयो ।
निर्बाचित पदाधिकारी,सद्स्य,केन्द्रिय परिषद र प्रदेश परिढद प्रतिनिधिहरुलाई निर्वाचित प्रमाणपत्र हस्तान्तरण र सपथ ग्रहण निर्बाचन समितिका संयोजक बिनोदकुमार मल्लले बुधवारै खुवाउन भएको थियो ।
मुगु शाखामा हालसम्म जिल्ला शाखा समिति निर्बिरोध निर्वाचित हुँदैआएको छ । जिल्लामा प्रेस युनियनको बाहुल्यता रहेपनी प्रेस चौतारी र प्रेस सेन्टरलाइ पनि समेट्दै शाखा आजसम्म अघि बढदै आएको निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
अध्यक्ष भण्डारी नेपाल प्रेस युनियन मुगुका निवर्तमान जिल्ला सचिव हुनुहुन्छ ।
उनी नयाँ पत्रिकाका जिल्ला सम्वाददाता समेत रहेका छ्न ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच