काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भूकम्पपीडितलाई हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । महासंघ कर्णाली च्याप्टरमार्फत् कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेको थियो भने त्यसपछि कर्णाली च्याप्टरमार्फत् नै राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरेको थियो । महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपद् व्यवस्थापन समितिमार्फत् बुधबार तेस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको छ ।
महासंघले म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधि, पानीसहितका सामग्री प्रभावित क्षेत्रमा पठाइरहेको जनाएको छ । त्यसैगरी अन्य संघसंस्थामार्फत् संकलित राहत सामग्रीलाई महासंघले सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको छ । महासंघले आफ्ना सबै सदस्य उद्योग वाणिज्य संघ, उद्यमी व्यवसायी र व्यावसायिक संघसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आहृवान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच