![प्रविधिमैत्री कृषिमा जोड](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/krisi-parbidi-ma-jod-hita.jpg)
काठमाडौं । आत्मनिर्भरतामा एक कदम अगाडि भन्ने नाराका साथ आगामी असोजमा राजधानीको भृकुटीमण्डपमा १०औँ संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज २ देखि ५ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । राजधानीमा एक्स्पोको लञ्चिङ कार्यक्रम गर्दै आयोजकले एक्स्पोमा पहिलोपटक खुला बजारसमेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेन्ट लञ्चिङकै दिनदेखि एक्स्पो स्टल बुकिङ खुला गरिएको छ । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमै ५० प्रतिशत स्टल बुकिङ भएका छन् ।
हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रूपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताउनुभयो । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवा एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आर्थिक क्रियाकलाप चलायमान बनाउन एक्स्पोले सघाउने विश्वास लिएका छौँ, स्टल बुकिङ खुला भएको छ, फर्निचर व्यवसायमा आबद्ध व्यवसायीलाई सहभागिताका लागि अनुरोध गर्दछौँ ।’ एक्स्पो संयोजक सम्यकमान सिंहका अनुसार पहिलोपटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सकिनेछ । संघको डिल्लीबजारस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेन्ट सोलुसनको कार्यालयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ भने अनलाइन माध्यमबाट स्टल बुकिङ गर्ने व्यवस्था पनि रहेको छ । एक्स्पोमा सयभन्दा बढी स्टल रहनेछन् ।
फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायी समेटेर बृहत्रूपमा आयोजना हुने एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो । पहिलोपटक भर्चुअल एक्स्पो पनि आयोजना गर्न लागिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभयो । फर्नेक्स २४ डट इभेन्ट सोलुसन नेपाल डटकमडटएनपी डोमेनमा आयोजना हुने भर्चुअल एक्स्पोमा मात्र पनि सहभागिता जनाउन सकिने प्रधानले बताउनुभयो ।
एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई साझा प्लेटफर्म प्रदान गरी ग्राहकसम्म जोडिन सहज मार्गनिर्देशन गर्ने र ग्राहकलाई पनि एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनमा जोडिन सहजीकरण गर्ने आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच