कार्यालयमा नै बस्दैनन् डिभिजन वन कार्यालय कालीकोटका प्रमुख गिरी

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । जिल्लामा रहेको डिभिजन वन कार्यालयका प्रमुखलाई कार्यालयमा भेट्न सम्भव नै नभएको नागरिकले गुनासो गरेका छन् । डिभिजन वन कार्यालय कालीकोटका प्रमुख रमेश कुमार गिरी अधिकांश समय कार्यालय बाहिर बस्ने भएकाले उहाँलाई कार्यालयमा भेट्न मुस्किल भएको नागरिकले गुनासो गरेका हुन् ।

एक बर्षदेखि गैरिसिराउडी सामुदायिक बन नवीकरण गर्न जाँदा पटक-पटक कार्यालय प्रमुखलाई कार्यालयमा नभेटेको स्थानीय भिम शाहीले बताउनुभयो । उहाँले भन्नुभयो । ‘सामुदायिक वनको नविकरण गर्न जादाँ त प्रमुख भेटिदैनन् भने विकासीय काम कसरी सञ्चालन भएका होलान् ।’ कार्यालय प्रमुख रमेश कुमार गिरी आफ्नो सरुवाका लागि मन्त्रालयमा बैशाख देखि धाईरहेको एक कर्मचारीले बताउनुभयो ।

उहाँले भन्नुभयो ।, ‘प्रमुख सरुवाको चक्करमा हुनुहुन्छ, उहाँको सरुवा हुँदैन त्यसैले अक्सर कार्यालयको काम भनेर सुर्खेतमा बस्ने गर्नुभएको छ । ’कार्यालय प्रमुख गिरीको बैशाख यता ६९ दिन मात्र हाजिरी छ, बाकी दिन उहाँले मन्त्रालयको काम, गोष्ठि, तालिम, सेमिनार भनेर जिल्ला बाहिर रहेको हाजिरीमा उल्लेख छ ।

गिरीको हाजिरी हेर्दा उहाँ बैशाखमा ८ दिन, जेठमा, २ दिन, असारमा २३ दिन, साउनमा ८ दिन कार्यालयमा उपस्थिति हुनुभएको छ । त्यस्तै भदौमा १० दिन, असोजमा ९ दिन, कात्तिकमा ४ दिन उपस्थिति हुनुभएको छ भने मंसिरमा उहाँ विभिन्न बाहानामा कार्यालयमा आउनुभएको छैन् । त्यस्तै पुसमा ५ दिन मात्र हाजिरी हुनुभएका गिरी अहिले तालिमको बहानामा गत शुक्रवारदेखि जिल्ला बाहिर रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?