काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले शुक्रबार प्राधिकरणमा अध्यक्षको कार्यभार ग्रहण गर्नुभएको छ । अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष दाहाललाई बिहीबार जिम्मेवारी दिएको हो । अध्यक्ष दाहाल अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका सदस्यसमेत हुनुहुन्छ । कार्यभार सम्हाल्दै दाहालले आफ्नो पहिलो प्राथमिकता चाँडै नै प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्ने र दोस्रो प्राथमिकता प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति रहेको बताउनुभयो ।
प्राधिकरणमा परिवर्तन आएको देखिने गरी दत्तचित्त भएर काम गर्न र आ-आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीलाई निर्देशन दिँदै उहाँले सकेसम्म दीर्घकालीन प्रभाव पर्ने कुनै काम नगर्ने स्पष्ट पार्नुभयो । बिमितहरू मर्कामा परेका मुद्दा फछ्र्योटलाई प्राथमिकता दिनुपर्ने, बिमितको हकहित संरक्षण गर्ने र बिमा गर्दा राम्रो हुन्छ भन्ने विश्वास नागरिकमा जगाउने गरी काम गर्नुपर्छ, बिमकहरूको समस्या समाधान र बिमा क्षेत्रको विकास एवं विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले बिमाको दायरा वृद्धि हुने गरी बिमाको मूल्य मान्यता र सिद्धान्तअनुरूप अघि बढ्ने बताउनुभयो ।
पदभार ग्रहण गर्दै उहाँले भन्नुभयो, ‘मैले बिमा प्राधिकरणबारेमा थुप्रै नकारात्मक कुराहरू सुनेको छु । आजदेखि नै सबै कर्मचारीले त्यस्ता कार्य तुरुन्त छोड्नुस् । कर्मचारीको तलबबाहेकका अन्य कुनै गलत स्रोतबाट आएको पाएमा समेत तत्कालै कारबाहीको भागेदार बनाउने छु । नेपाल राष्ट्र बैंक जस्तो दायरा वृद्धि गर्नुपर्छ । म नियामक हो भन्दै हिँडेर मात्र हुँदैन । आफ्नो कामलाई पनि पूर्णरूपले गर्नुपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच