काठमाडौं । भिजी मोटर्सले आठ हजार नौ सय ९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारी साधनको फास्ट चार्जिङ स्टेसन स्थापना गरेको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्राण्डका विद्युतीय सवारी साधनको आधिकारिक बिक्रेता हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसन उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गर्नुभएको हो । चार्जिङ स्टेसनमा ३२ किलोवाटको एउटा डिसी फास्ट चार्जर राखिएको छ । जसले ४५ मिनेटमै विद्युतीय सवारी साधनको ब्याट्री फुल चार्ज गर्न सकिने छ । भिजी मोटर्सले एसआरएम र जोलङ ब्राण्डका विद्युतीय सवारी साधन आयात गरी बिक्री गर्दै आएको छ ।
कम्पनीका अनुसार एसआरएम एकपटकको फुल चार्जमा तीन सय किलोमिटर कुद्ने भ्यान हो । ११ सिटर, दुई सिटर र पाँच सिटरमा उपलब्ध एसआरएमका भ्यानहरू स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिकालगायतका लागि निकै उपयोगी छन् । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ ।
कम्पनीले जोलङको इए ४ इए ५ र इए ६ नेपाली बजारमा भित्र्याएको छ । जोलङ इए ५ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट ब्याट्री रहेको भ्यानले एकपटकको चार्जमा तीन सय किलोमिटर माइलेज दिन्छ । इए ६, २० सिटको भ्यान हो । जसमा ८६.१ किलोवाट ब्याट्री रहेको छ भने एकपटकको चार्जमा चार सय किलोमिटर कुद्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच