काठमाडौं । सातौँ एन प्याब्सन खेलकुद सप्ताहअन्तर्गत विभिन्न खेलका पदक विजेतालाई शनिबार पुरस्कृत गरिएको छ । विभिन्न चार खेलका पदक विजेतासहित मार्च पास्टमा शीर्ष स्थानमा रहने टोलीलाई पुरस्कृत गरिएको हो ।
एन प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित खेलकुद सप्ताहमा छात्र फुटसल, छात्र/छात्रा कबड्डी र तानडोरी तथा छात्र बास्केटबलमा प्रतिस्पर्धा भएको थियो । आयोजक कार्यसमितिका अध्यक्ष अमृतकुमार खड्का, कार्यसमितिका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप संयोजक प्रेमकुमार भुजेललगायतबाट सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलमा आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
कमलादीस्थित युनिग्लोबमा भएको छात्र फुटसलमा अमर आदर्श पहिलो, बोधी सदन दोस्रो र निर्मल ज्योति तेस्रो भएका थिए । छात्र/छात्रामा कबड्डीको दुवै उपाधि भीमेश्वर एकेडेमीले जित्यो । छात्रमा अर्किड दोस्रो तथा गणेश हिमाल र नेरिक एकेडेमी तेस्रो भए । छात्रामा बेस्ट ग्रुप भिजन दोस्रो तथा अमर आदर्श र ग्रिन लन्स तेस्रो बने ।
त्यस्तै तानडोरीको छात्रमा ज्ञानभूमि, कान्तिपुर र पिक प्वाइन्ट क्रमशः शीर्ष तीन स्थानमा रहे । छात्रामा कान्तिपुर विजेता, पिक प्वाइन्ट उपविजेता र मिलन धर्मस्थली तेस्रो भए । कबड्डी र तानडोरी भीमसेनगोलास्थित अमर आदर्श स्कुलमा भएको थियो ।
एपेक्स लाइफ स्कुलमा भएको छात्र बास्केटबलको उपाधि हिमाली बोर्डिङले चुम्यो । साइन मोडेल दोस्रो तथा युनिभर्सल तेस्रो स्थानमा रहे । मार्च पास्टमा बेस्ट ग्रुप भिजन पहिलो, काठमाडौं सेन्ट्रल दोस्रो र ग्रिन हिल तेस्रो हुँदै क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदबाट पुरस्कृत भए । मंसिर २१ गतेदेखि सुरु खेलकुद सप्ताहमा १२० भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच