भोजपुर । मुलुकलाई निकास दिँदै आर्थिक अवस्थामा समेत सुधार गर्नका लागि अहिलेको सरकार बनेको नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बताउनु भएको छ ।
नेपाल तरुण दल भोजपुरको आयोजनामा जिल्ला सदरमुकाममा सुरु भएको दुई दिने कोशी प्रदेश स्तरीय भेलाको उद्घाटन गर्नुहुँदै केन्द्रिय अध्यक्ष गुरुङले अहिले बनेको कांग्रेस र एमालेको सरकार मुलुकलाई निकास दिनका लागि बनेको दावी गर्नु भयो । 'मुलुकलाई निकास दिन दुई प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएको हो', गुरुङले भन्नुभयो ।
कोशी प्रदेश अन्तर्गत तरुण दलका प्रदेश जिल्ला अध्यक्ष तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको भेलामा अध्यक्ष गुरुङले आर्थिक अवस्थाबाट माथि उठाउन पनि यो सरकार क्रियाशिल हुने बताउनुभयो । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल हुँदाहुँदै पनि राष्ट्रहितका लागि मिल्न आवश्यक भएको गुरुङको धारणा छ ।
भोजपुरमा भएको प्रदेश स्तरीय भेलाले देशमा देखिएका समस्याहरु समाधान गर्दे समाज रुपान्तरणमा सवै युवाहरु एकजुट हुन आवश्यक रहेको सन्देश दिने आयोजक पक्षको दावी छ । देशमा हुने विकृति रोक्न तथा दैनिक बिदेशिएका युवाहरुलाई स्वदेशमै रोगरारीको सृजना गर्नका लागि दवाव दिन पनि यो भेला महत्वपुर्ण हुने तरुण नेताहरुको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच