‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विक्रमजंग शाह र टीका पुनको स्वरमा रहेको गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । यज्ञ विकको लय र शब्द, विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो उद्दार म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोमा पल शाह, विजय पुन, विष्णु पुन र यानी पुनको अभिनय देख्न सकिन्छ ।

भिडियोमा प्रेमी र प्रेमिका बीचको माया प्रेमका शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछिको स्वतन्त्रता दर्शाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?