कर्णाली नदी नियन्त्रणका लागि ५० करोड सहयोग

हिमालय टाइम्स
Read Time = 3 mins

दीपककुमार शर्मा/हिटा
बर्दिया । कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियाका लागि अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । बर्दियाको पश्चिमी भाग कैलालीसँग सीमा जोडिएको कर्णाली नदीको तटबन्ध निर्माण गर्नका लागि सो रकम विनियोजन गरिएको बताइएको छ । सो रकमका लागि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सुरेश पन्थ तथा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको पहलमा सो रकम अर्थ मन्त्रालयले स्वीकृत गरेको जनाइएको छ ।

असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सो निर्णय गरिएको बताइएको छ । स्थानीय समाजसेवी तथा नेकपा माओवादी केन्द्रका मधुवन नगर इन्चार्ज एवं लुम्बिनी प्रदेश कमिटी सदस्य सुरेश पन्त र राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सक्रियतामा सो बजेट निकासा गर्न सफल भएको हो । सोझै अर्थ मन्त्रालयबाट स्रोतको सुनिश्चित गरेर बजेट निकासा हुने भएको छ । यसबाट नदी नियन्त्रणमा केही राहत हुने पन्तले बताउनुभयो ।

राजापुर क्षेत्रमा वर्षेनि बाढीका कारण मानवीय क्षति तथा जमिनको कटान हुँदै आएको छ । सरकारले कर्णाली नदी नियन्त्रणका लागि कर्णाली नदी नियन्त्रण आयोजना नै सञ्चालनमा ल्याएको छ । बर्सेनि आउने बाढीका कारण क्षति बढ्दै गएको सो क्षेत्रमा तटबन्ध निर्माण हुँदै गएका कारण मानवीय तथा भौतिक संरचनाको क्षति कम हुँदै गएको छ । कर्णाली नदी नियन्त्रण आयोजनाका निर्देशक एवं आयोजना प्रमुख सुशीलचन्द देवकोटाले काम गर्नका लागि बाटो खुलेको बताउँदै यसले केही हदसम्म काम हुने बताउनुभयो । १ एक अर्ब १४ करोड ६२ लाख ६३ हजारको बजेट माग भएअनुसार ५० करोड बराबरको सहमति प्रदान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?