काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।

बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताउनु भयो । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

घाइतेहरुलाई प्रहरी चौकी जोगिमाराका प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएका १० जनाको टोलीले उद्दार गरेको थियो । घाइतेहरु स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
बस नदीमा खसे पनि नडुबेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?